संखुवासभाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाबाट चार जनाको नाम सिफारिस

शनिबार पत्रकार सम्मेलन गरेर पार्टीले प्रत्यक्षतर्फ सरिता थापा खड्का, उमेश कुमार डाँगी, चन्द्रबहादुर न्यौपाने र राजेन्द्र कुमार किराँतीको नाम सिफारिस गरेको जनाएको छ।

पुस १२, २०८२

दीपेन्द्र शाक्य

NCP recommends four names for House of Representatives members from Sankhuwasabha

संखुवासभा — आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संखुवासभाबाट चार जनाको नाम सिफारिस गरेको छ।

शनिबार पत्रकार सम्मेलन गरेर पार्टीले प्रत्यक्षतर्फ सरिता थापा खड्का, उमेश कुमार डाँगी, चन्द्रबहादुर न्यौपाने र राजेन्द्र कुमार किराँतीको नाम सिफारिस गरेको जनाएको छ।

त्यस्तै, समानुपातिकतर्फ तीन जनाको नाम केन्द्रमा पठाइएको छ। समानुपातिक सूचीमा इन्दिरा मिश्र, झलक गुरुङ र लाखमान तामाङको नाम समावेश गरिएको पार्टीले जनाएको छ। यसैगरी, राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले हेमराज घिमिरे र केशरबहादुर महतेको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जानकारी दिएको छ।

पार्टी नेतृत्वका अनुसार उम्मेदवार छनोट गर्दा समावेशिता, अनुभव र जनसमर्थनलाई विशेष प्राथमिकता दिइएको छ। आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने लक्ष्यसहित यी नामहरू सिफारिस गरिएको नेकपा संखुवासभाले जनाएको छ।

दीपेन्द्र

Link copied successfully