पार्टीको केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी शुक्रबार खोटाङमा बसेको बैठकले प्रत्यक्षतर्फ ७, समानुपातिकतर्फ १० र राष्ट्रिय सभाका लागि एक जनाको नाम सिफारिस गरेको हो ।
खोटाङ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टीको केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी शुक्रबार खोटाङमा बसेको बैठकले प्रत्यक्षतर्फ ७, समानुपातिकतर्फ १० र राष्ट्रिय सभाका लागि एक जनाको नाम सिफारिस गरेको हो । प्रदेश सदस्य सुरेश राईका अनुसार, प्रत्यक्षतर्फ टंक राई, देवान चाम्लिङ, प्रतिक कार्की, भीम राई, रामकुमार राई, शम्भू घिमिरे र हरि रोकाको नाम सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिकतर्फ टंकनाथ तामाङ, तेजमाया राई, देवराज राई, दुर्गाजयन्ती राई, पर्शु विश्वकर्मा, मिलन श्रेष्ठ, रमिला गुरुङ, शुभलाल राई, समिता कार्की र हरिश्चन्द्र गिरीको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभाका लागि कुलप्रसाद फुँयालको नाम सर्वसहमतिमा सिफारिस गरिएको राईले सुनाएका छन् ।
