बिहीबार साँझ सुरु भएको मेला पुस २० गतेसम्म सञ्चालन हुने छ ।
पाँचथर — दस दिनसम्म लाग्ने चासोक मेला पाँचथरको फिदिममा सुरु भएको छ । बिहीबार साँझ सुरु भएको मेला पुस २० गतेसम्म सञ्चालन हुने छ ।
किराँत-लिम्बूहरूको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसर पारेर हरेक वर्ष पुस महिनामा लगाइने यो मेलामा पूर्वमा बहुल संख्यामा बसोबास गर्ने लिम्बू,राई,मगर,तामाङसहितका जात जातिका सांस्कृतिक झाँकीसहित विभिन्न किसिमका नृत्य प्रस्तुत गर्नका साथै मौलिक खानेकुराका स्टल राखिएका छन् । यो मेलामा धान र च्याब्रुङ नाच्नका साथै प्रौढहरूले पालाम गाएर मनोरञ्जन लिने दिने गर्छन ।
यहाँ मौलिक भेषभूषामा सजिएर आउने हरुको भीड लाग्छ । पाँचथरको ऐतिहासिक तथा धार्मिक क्षेत्र सुम्हात्लुङ मन्दिर आसपास लाग्ने यो मेला संस्कृति संरक्षण पर्यटन प्रवर्धन गर्ने उदेश्यले लगाउन थालिएको हो ।
मेलाको व्यवस्थापन सुम्जिरी सुम्हात्लुङ आम्वेपज संरक्षण प्रतिष्ठानले गरेको छ भने फिदिम नगरपालिका-४ ले सहयोग गरेको छ ।
