खोटाङमा एमाले र राप्रपाद्वारा उम्मेदवारको नाम सिफारिस

राप्रपा खोटाङले पनि उम्मेदवारको नाम टुंगा लगाएको छ । राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईका अनुसार प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राईको नाम सिफारिस गरेको हो ।

पुस १०, २०८२

डम्बरसिं राई

UML and RPP recommend candidate names in Khotang

खोटाङ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि एमालेले समानुपातिकतर्फ खोटाङका तीन जनाको नाम सिफारिस गरेको छ । महिलातर्फ उषाकला राई र जनजातितर्फ कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरेको हो ।

एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यका अनुसार, पुस ८ गते सुरुमा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले सुरुमा प्रदेशसँगको छलफल, त्यसपछि जिल्लाका पदाधिकारीको बैठक र त्यसपछि फेरि जिल्लामा रहेका माथिल्लो कमिटीका नेताहरूसँग भर्चुअल बैठक गरेर नाम सिफारिस गरेको हो । 

‘समानुपातिकतर्फ सर्वसम्मतिमा तीन जनाको नाम सिफारिस गरिएको छ,’ आचार्यले भने, ‘प्रत्यक्षतर्फको चाहिँ पार्टीले मागेपछि फेरि पठाउँछौं ।’ 

त्यस्तै राप्रपा खोटाङले पनि उम्मेदवारको नाम टुंगा लगाएको छ । राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईका अनुसार प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राईको नाम सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ आदिवासी जनजाति महिलामा विजयकला राई, खस–आर्यमा शिवकुमार खत्री र दलितमा भरुमायाा विश्वकर्माको नाम सिफारिस गरेको राईले बताएका छन् । 

राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्षतर्फ मिरेश राईको नाम पठाइसकेको छ । अन्य पार्टीले भने नाम सिफारिस गरेको छैन ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully