एनसीसी जुनियर तालिममा ५ सय ४० जना दीक्षित

सहभागी १८ विद्यालयमध्ये सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ ।

पुस १०, २०८२

अर्जुन सुवेदी

540 people enrolled in NCC junior training

What you should know

सुनसरी — नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको दोस्रो चरणमा ५ सय ४० क्याडेट दीक्षित भएका छन् । मोरङस्थित पूर्वी तालिम शिक्षालय केराबारीमा आयोजित एक समारोहमा बिहीबार उनीहरूलाई दीक्षित गरिएको हो ।

राष्ट्रिय सेवा दल पूर्वी शिक्षालयले देशका १८ विद्यालयका क्याडेटलाई तालिम दिएकामा उनीहरूको तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै उत्कृष्टलाई पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरेको हो । तालिममा प्रत्येक विद्यालयबाट ३० जनाका दरले क्याडेट सहभागी भएका थिए । जसमा १५ छात्र र १५ जना छात्रा थिए ।

तीन सातासम्म दिइएको उक्त तालिममा सैनिक आवासीय महाविद्यालयकी क्याडेट सुम्निमा लिम्बू छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन् भने पशुपति इङ्लिस बोर्डिङ स्कुल इटहरीका क्याडेट आयुश राई छात्रतर्फ सर्वोत्कृष्ट हुँदै पुरस्कृत भए । सहभागी १८ विद्यालयमध्ये सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ । दीक्षान्त समारोह लगायत कवाजको सलामी ग्रहण नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले गरेका थिए । सलामी ग्रहणपश्चात् दीक्षान्त कार्यक्रममा बोल्दै उपरथी केसीले राष्ट्रिय एकताको भावना लिई काम गर्न क्याडेटहरूलाई निर्देशित गरे । कार्यक्रममा दीक्षित क्याडेटहरूले खुकुरी डिल, तेक्वान्दो पिटी र नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली सेनाले देशभरका विभिन्न सरकारी तथा निजी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम संचालन गर्दै आएको छ । यसअन्तर्गत उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजन तालिम संचालन गरिन्छ ।

अर्जुन

Link copied successfully