प्रहरी सहायक निरीक्षकको मृत्यु

प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार घरमै बसिरहेको अवस्थामा अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो ।

पुस ९, २०८२

आनन्द गौतम

Death of a police assistant inspector

ताप्लेजुङ — जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोलरुम सञ्चार शाखा दरबन्दीमा सरुवा भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कात्तिक २३ गते रमाना बुझेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवान को मृत्यु भएको छ ।

ईलाम जिल्लाको माईजोगमाई गाउपालिका ३ नाम्सालिङ घर भई फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौकमा डेरा बस्दै आएका उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार घरमै बसिरहेको अवस्थामा अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो ।

चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको र मृतकको शव जिल्ला अस्पतालकै शव गृहमा राखिएको गौतमले बताए ।

मृतक देवानकी श्रीमती सन्तोषी थापासमेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully