३ हजार ७ सय मिटर उचाइको सिमबोक्प डाँडामा टेलिकमको फोर-जी सेवा सुरु

३ हजार ७ सय मिटर उचाइमा स्थापना गरिएको टावर ‘अनएयर’ गरिएसँगै भोटखोला क्षेत्रका स्थानीयवासीमा सञ्चार पहुँचको पुगेको टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले बताए ।

पुस ७, २०८२

दीपेन्द्र शाक्य

Telecom's 4G service launched on Simbokp Mountain at an altitude of 3,700 meters

संखुवासभा — हिमाली जिल्ला संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोर-जी (बीटीएस) सोमबारदेखि सञ्चालनमा आएको छ ।

३ हजार ७ सय मिटर उचाइमा स्थापना गरिएको टावर ‘अनएयर’ गरिएसँगै भोटखोला क्षेत्रका स्थानीयवासीमा सञ्चार पहुँचको पुगेको टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले बताए । 

टेलिकमका इञ्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता थियो। दुर्गम हिमाली भूगोल र कठिन मौसमका बीच गरिएको यो प्रयासलाई स्थानीयवासीले उपलब्धिका रूपमा लिएका छन्।

यसैगरी, भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथांका क्षेत्रमा पनि केही दिनभित्र फोर-जी सेवा सञ्चालनमा ल्याइने नेपाल टेलिकमले जानकारी दिएको छ।

दीपेन्द्र

Link copied successfully