जेन–जी आन्दोलनमा लुटिएको म्याग्जिन र गोली चिया बगानमा भेटियो

आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाागीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको ३ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो ।

पुस ७, २०८२

नवराज सुवेदी

Magazines and bullets looted during the Gen-G movement found in a tea garden

झापा — जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला परेको छ ।

आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाागीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको ३ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो ।

हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर बरामद गरेको थियो ।

बरामद भएको म्याग्जिन र गोली जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी

Link copied successfully