आगजनी र ज्यान मार्ने मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक जना हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट आइतबार पक्राउ परेका हुन् ।
खोटाङ — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा काठमाडौंको जगन्नाथ देवल केन्द्रीय कारागारबाट भागेका एक जना खोटाङमा पक्राउ परेका छन् ।
आगजनी र ज्यान मार्ने मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उदयपुर लिम्चिङबुङ गाउँपालिका–६ का ५५ वर्षीय मन्दीप राई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको मंसिरबाट आइतबार पक्राउ परेका हुन् ।
लुकीछिपी बसिरहेको अवस्थामा राजापानीस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले राति ८:३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जनाएका छन् । राईलाई सोमबार बिहान ८ बजे खोटाङ कारागारमा जिम्मा लगाइएकोसमेत मिश्रले सुनाएका छन् । ‘गए राति साढे ८ बजेतिर पक्राउ गरी आज बिहान ८ बजे खोटाङ कारागारमा बुझाइएको हो,’ मिश्रले भने ।
