संखुवासभामा ३ जना फरार अभियुक्त पक्राउ

विशेष प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरेको प्रहरीले जनाएको छ ।

पुस ७, २०८२

दीपेन्द्र शाक्य

3 absconding accused arrested in Sankhuwasabha

संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाले विभिन्न मुद्दामा फरार रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार विशेष अदालत काठमाडौं तथा संखुवासभा जिल्ला अदालत चैनपुरको फैसला तथा आदेशअनुसार फरार रहेकाहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेनुका तामाङ संखुवासभा खाँदबारी नगरपालिका–६ की छन् । उनी मापदण्ड विपरीत निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भई फरार रहँदै आएकी थिइन् ।

यसैगरी विक्रम विश्वकर्मा संखुवासभा सिलिचोङ गाउँपालिका–४ का रहेका छन् । उनी चेक अनादर मुद्दामा फरार रहेका थिए ।

त्यस्तै, खाँदबारी नगरपालिका–३ का दावा शेर्पा चेक अनादर मुद्दामा फरार रहँदै आएका थिए । विशेष प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरेको प्रहरीले जनाएको छ ।

दीपेन्द्र

Link copied successfully