खोटाङको निर्मलीडाँडामा कुटाइबाट एक जनाको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिंगानेका ५८ वर्षीय पदम रोक्काको आइतबार बिहान मृत्यु भएको हो।

पुस ६, २०८२

डम्बरसिं राई

One person dies after being beaten in Nirmalidanda, Khotang

खोटाङ — खोटाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिंगानेका ५० वर्षीय दिलकुमार भुजेलको कुटाइबाट स्थानीय ५८ वर्षीय पदम रोक्काको आइतबार बिहान मृत्यु भएको हो ।

निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायतका अनुसार भुजेलले मादक पदार्थ सेवन गरी आइतबार बिहान ११ बजेतिर रोकालाई कुटपिट गर्दा घटनास्थलमै ज्यान गएको हो ।

भुजेललाई नियन्त्रणमा लिई दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully