नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

सप्तरीको राजविराज निवासी उनी एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Intern doctor dies after falling from fifth floor of Nobel Hospital

विराटनगर — विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको छ ।

बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सप्तरीको राजविराज नगरपालिका जगदरी निवासी यादव एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए ।

उनी किन र कसरी पाँचौं तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । प्रहरीको प्रारम्भिक सूचनाअनुसार यादव मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए । तर, उनले आत्महत्या गरेका हुन् या दुर्घटनावश खसेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully