प्रहरीका अनुसार उक्त ग्यासगन बट र नालसहित खिया लागेको तथा जलेको अवस्थामा भेटिएको छ।
विराटनगर — भदौ २४ को जेन-जी प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय दमकवाट लुटिएको ग्यासगन झापाको कमल गाउँपालिका–५ स्थित धनप्रसाद मार्गनजिकै रहेको गेउरिया खोलाको किनारमा फेला परेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट २३८१६९ नम्बरको एक थान ग्यासगन फेला पारेको हो। प्रहरीका अनुसार उक्त ग्यासगन बट र नालसहित खिया लागेको तथा जलेको अवस्थामा भेटिएको छ।
प्रहरी अभिलेख अनुसार फेला परेको उक्त हतियार २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो । फेला परेको हतियारलाई रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा हराएका अन्य हतियारबारे पनि खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको छ।
