ताप्लेजुङको साँघुमा भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु

भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्कियो

पुस ६, २०८२

आनन्द गौतम

26-year-old dies after gun explodes in Sanghu, Taplejung

ताप्लेजुङ — मैवाखोला गाउँपालिका-३ साँघु लेकुवामा  भरुवा बन्दुक पड्किँदा२६ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार स्थानीय फुर्वा रेन्जी शेर्पा मृत अवस्थामा फेला परेका हुन् ।

वडाध्यक्ष खगेन्द्रसिं थक्लुङले दिएको सूचनाका आधारमा उनलाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत अवस्थामा फेला पारिएको गौतमले जानकारी दिए ।

भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएको र मृतकको घाँटीमा लागेर घटनास्थलमै ढलेको निजसँगै गएका उनका भतिज सोनम शेर्पाले प्रहरी समक्ष बताएका छन् । १८ वर्षीय सोनमलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको गौतमले बताए ।

प्रहरी चौकी साँघुबाट २ किलोमिटर दूरीमा रहेको घटनास्थलमा प्रहरी सहायक निरीक्षक प्रदीपकुमार मधुवन र कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक दीपक लिम्बू नेतृत्वको टोली घटनास्थलमा खटिई आवश्यक अनुसन्धान प्रक्रिया बढाएको प्रहरी कार्यालयले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully