हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

One person dies in elephant attack in Jhapa

विराटनगर — जंगली हात्तीको आक्रमणबाट झापामा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अन्दाजी ५५ वर्ष जति देखिने ती व्यक्ति भारतीय नागरिक हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणवाट मृत्यु भएको थियो । 

घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कान्तिपुर

Link copied successfully