पाँचखपनमा ६० मुरी धान उत्पादन गर्ने कृषक सम्मानित

पाँचखपन नगरपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकका रूपमा थापालाई नगद ३० हजार रुपैयाँसहित बिहीबार पुरस्कृत गरिएको हो ।

पुस ३, २०८२

दीपेन्द्र शाक्य

Farmers honored for producing 60 bushels of rice in Panchkhapan

संखुवासभा — पाँचखपन नगरपालिका–६ मा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक भिम कुमार थापा सम्मानित भएका छन् ।

कृषक थापाले यस वर्ष ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल भएका थिए । पाँचखपन नगरपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकका रूपमा थापालाई नगद ३० हजार रुपैयाँसहित बिहीबार पुरस्कृत गरिएको हो ।

पाँचखपन-६ का वडाध्यक्ष विष्णु श्रेष्ठले कृषकको हौसला बढाउन तथा उत्पादनमा आधारित प्रोत्साहन दिन पुरस्कृत गरिएको उनले बताए । 'कृषकको मिहनेतलाई सम्मान नगरेसम्म कृषि क्षेत्रको विकास सम्भव छैन, उत्पादनमा आधारित पुरस्कारले अन्य कृषकलाई पनि आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने छ,' उनले भने । 

परम्परागत खेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमै मलखादको प्रयोग र नियमित सिँचाइ व्यवस्थापनका कारण उच्च उत्पादन सम्भव भएको कृषक थापाले बताए । उनले आफ्नो सफलतामा परिवारको साथ, स्थानीय सरकारको सहयोग तथा निरन्तर परिश्रम प्रमुख कारण भएको बताए ।

थापाबाट सिकेर अन्य कृषकले पनि धान खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन थालेका छन् । स्थानीय सरकारले कृषकलाई सम्मान र प्रोत्साहन दिने नीति अवलम्बन गरे कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने कृषकहरु बताउँछन् । पाँचखपन-६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित कृषक सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

दीपेन्द्र

Link copied successfully