चौदण्डीगढीका गाउँ पस्न थाले जंगली हात्ती

रातको समय गाउँमा प्रवेश गर्न थालेपछि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीय बताउँछन् ।

मंसिर २९, २०८२

रासस

Wild elephants begin entering Chaudandigari villages

गाईघाट (उदयपुर) — उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जंगली हात्तीले गाउँ पसेर दु:ख दिन थालेको छ ।

रातका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यान्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । 

श्यामनारायण चौधरीका अनुसार गत शनिबार राति मात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, पर्शुराम हुजदारले  आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिए । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उनको भनाइ छ ।

हात्ती रातको समय गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको सीताराम चौधरीले बताए ।

रासस

Link copied successfully