५ दिनसम्म लाग्ने मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम हुने गरेको छ ।
ताप्लेजुङ — हरेक वर्ष पुस १ देखि ५ गतेसम्म मेरिङदेन-२ खाम्लुङमा लाग्ने मेलाका लागि गाउँपालिकाले दुई दिन बिदा दिएको छ ।
निमित्तप्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँकार्यपालिकाकोनिर्णय अनुसार पुस ३ र ४ गतेका लागि स्थानीय बिदा दिइएको हो । बिदाको दिन आकस्मिकबाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवंसंघसंस्थामा बिदा हुनेछ ।
मेला ५ दिन लाग्ने भए पनि यी दुई दिन विशेष भीड लाग्ने गरेको छ । मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम हुने गरेको छ । योमेला ५२ वर्षदेखि लगातार लाग्दै आएको गाउँपालिका अध्यक्ष युक हांबिर हाङगामले बताए । मेलाकाे अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा सांस्कृतिक उत्सव समेत हुने पुसेमेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिए ।
