खोटाङमा मिनी ट्रक दुर्घटना, चालक र सहचालक घाइते

बाराहापोखरी गाउँपालिका–५ सोरखानी बङ्शिलाघाटबाट सामानसहित चिसापानीतर्फ गइरहेको मिनी ट्रक आइतबार दिउँसो दुर्घटना हुँदा भोजपुरका २५ वर्षीय चालक गौतम खत्री र सहचालक सुनसरीका १८ वर्षीय आयुष परियार घाइते भएका हुन् ।

मंसिर २८, २०८२

डम्बरसिं राई

Mini truck accident in Khotang, driver and co-driver injured

खोटाङ — जिल्लामा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

बाराहापोखरी गाउँपालिका–५ सोरखानी बङ्शिलाघाटबाट सामानसहित चिसापानीतर्फ गइरहेको मिनी ट्रक आइतबार दिउँसो दुर्घटना हुँदा भोजपुरका २५ वर्षीय चालक गौतम खत्री र सहचालक सुनसरीका १८ वर्षीय आयुष परियार घाइते भएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार दिउँसो २ बजेतिर प्र.१–०२–००१ क ५३०२ नम्बरको मालबाहक मिनी ट्रक सडकबाट करिब ३ सय मिटर तल खस्दा चालक र सहचालक घाइते भएका हुन् । 

घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भइरहेको विष्टले सुनाएका छन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully