हात्तीको आक्रमणबाट सुन्दरहरैँचाका घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान गएको छ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Ghimire of Sundarharaincha dies in elephant attack

सुनसरी — हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ।

यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरे रहेका छन्। घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारकर्मी कृष्णचन्द्र सुबेदीले जानकारी दिए।

स्थानीयका अनुसार घिमिरेलाई आक्रमण गरेपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully