जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

मंसिर २६, २०८२

आनन्द गौतम

Prisoner who escaped from central prison during Gen-G movement arrested in Taplejung

ताप्लेजुङ — जेन-जी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३४ वर्षीय शंकरलाई बाटैबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए। उनले केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारामा सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको क्रममा फरार भएको उल्लेख छ।

उनी फुङलिङ नगरपालिका–५, वीरेन्द्रचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीको दाबी छ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully