भोजपुरमा जिप दुर्घटना हुँदा ११ जना घाइते, संखुवासभा अस्पतालमा उपचार हुँदै

झ्याउपोखरीबाट तुकेतर्फ जाँदै गरेको मे १ ज २०६६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो ।

मंसिर २४, २०८२

दीपेन्द्र शाक्य

11 injured in jeep accident in Bhojpur, undergoing treatment at Sankhuwasabha Hospital

संखुवासभा — भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखीडाँडाको भित्री सडकखण्डमा बुधबार बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

झ्याउपोखरीबाट तुकेतर्फ जाँदै गरेको मे १ ज २०६६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो ।

प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिपमा चालकसहित ११ जना सवार रहेको खुलेको छ । घाइतेहरूलाई जिल्ला अस्पलात संखुवासभा उपचारका लागि ल्याइएको छ । दुर्घटनामा खेमरा श्रेष्ठ, तेन्जिङ भोटे, अंकित चौधरी, रित्तेक्चुक भोटे,संगीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बु र विष्णु ढकाल घाइते छन् । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार चालक मोहन तामाङको टाउकोमा सामान्य चोट लागेको छ । 

दीपेन्द्र

Link copied successfully