झापामा माइखोलामा डुबेर महिलाको मृत्यु

माइखोलामा ६२ वर्षीया बिमला माझी घोप्टो अवस्थामा मृत फेला परेकी थिइन् ।

मंसिर २३, २०८२

नवराज सुवेदी

Woman dies after drowning in Maikhola in Jhapa

झापा — शिवसताक्षी नगरपालिका-१० माइधारस्थित माइखोला र सरदारे खोलाको दोभानमा एक महिलाको पानीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार बिहान ९:२० बजे माइखोलामा ६२ वर्षीया बिमला माझी घोप्टो अवस्थामा मृत फेला परेकी थिइन् । घटना जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको झापा प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी

Link copied successfully