अमेरिकाको हेम–सरिता फाउन्डेसनले स्थापना गरेको सो पुरस्कार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा कलम चलाउने पत्रकारलाई पत्रकार महासंघ झापाको संयोजनमा प्रत्येक वर्ष प्रदान गरिन्छ ।
झापा — यस वर्षको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका पत्रकार चिरन्जीवी घिमिरेलाई प्रदान गरिएको छ । घिमिरे नयाँ पत्रिकाका झापा संवाददाता हुन् ।
अमेरिकाको हेम–सरिता फाउन्डेसनले स्थापना गरेको सो पुरस्कार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा कलम चलाउने पत्रकारलाई पत्रकार महासंघ झापाको संयोजनमा प्रत्येक वर्ष प्रदान गरिन्छ ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसका अवसरमा मंगलबार बिर्तामोडमा आयोजित कार्यक्रममा ५० हजार ५सय ५५ रुपैयाँ राशिसहितको पुरस्कार प्रेस काउन्सिल नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले घिमिरेलाई प्रदान गरेका हुन् ।
सोही कार्यक्रममा गत वर्ष वितरण हुन वाँकी पुरस्कार संयुक्त रूपमा झापाका पत्रकारद्धय सुरेन्द्र भण्डारी र इन्दु पूर्वेली (गौतम) लाई प्रदान गरियो । त्यस्तै लैंगिक हिंसा विरुद्धको लेखनवृत्तिका लागि पत्रकार ज्योत्स्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।