इलाममा भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १५ जना पक्राउ

तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् ।

मंसिर २३, २०८२

लक्ष्मी गौतम

15 people arrested for vandalism and arson during Bhadra 10 protest in Ilam

What you should know

पाँचथर — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । 

इलाम प्रहरीका अनुसार इलाम–७ का ५२ वर्षीय कमलकुमार साह हलुवाई, इलाम–६ का २९ वर्षीय विशाल नोभाङ, इलाम–७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम–३ का २३ वर्षीय आदर्श राई, इलाम–४ का ३६ वर्षीय यादव तिवारी, इलाम–६ का ३० वर्षीय अर्जुन त्रिखत्री, सन्दकपुर–२ की २५ वर्षीया अन्जु राई, इलाम–१ का ३० वर्षीय सागर संग्रौला रहेका छन् । 

यसैगरी, ताप्लेजुङ मिक्वाखोला–२ का ३२ वर्षीय तेजकुमार विक, इलाम–१२ का २८ वर्षीय अनिश राई, इलाम–५ का २३ वर्षीय मोहनकुमार लिम्बू, झापा पृथ्वीनगर घर भई इलाम–५ बस्ने ४३ वर्षीय सुरज गुरुङ र इलाम–९ का ३६ वर्षीय सविन राई पनि पक्राउ परेका छन् । 

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका सबैलाई अदालत हाजिर गराई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

गत भदौ २४ गते इलामका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधन आदीमा तोडफोड र आगजनी हुनका साथै थुप्रै सामान लुटिएका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully