कुकुर मारेको आरोपमा एकजना पक्राउ

कुकुरले मानिसलाई टोक्ने सोचेर उनले शुक्रबार झुन्ड्याएर मारेको प्रहरीले जनाएको छ ।

मंसिर २१, २०८२

डम्बरसिं राई

One arrested for killing a dog

खोटाङ — कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हुन् ।

स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको थियो । सो घटनापछि आफ्नो कुकुरले पनि मानिसलाई टोक्ने सोचेर गत शुक्रबार झुन्ड्याएर मारेको मगरले प्रहरीलाई बताएका छन् । उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताए ।

'मगरलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थपको तयारी भइरहेको छ,' उनले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully