नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ४३ औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा पुरस्कृत भएको हो ।
खोटाङ — भुवनेश्वर प्रविधि पुरस्कार–२०८२ बाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुरस्कृत भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ४३ औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा पुरस्कृत भएको हो । बाँसजन्य वस्तुको व्यावसायिक उत्पादन, प्रवर्द्धन, संरक्षण, सीप विकास, बजारीकरण, हस्तकलाको विकास, उद्यमशीलतालगायत पर्यावरण तथा वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै नगद २५ हजार रूपैयाँसहित पुरस्कृत गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
‘वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्यांकनको आधारमा ७५३ स्थानीय तहमध्ये हाम्रो नगरपालिकालाई पुरस्कृत गरेको हो,’ भट्टराईले भने ।
उक्त पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति महावीर पुनले हस्तान्तरण गरेका हुन् । नास्टका कुलपति प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंसिर १२ गते बसेको नास्टको ४९ औं प्राज्ञसभाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई दिने निर्णय गरेको भट्टराईले बताए ।
