फिदिम–४ को सालघारी र सरखण्डे क्षेत्रमा ज्याला–मजदुरी गर्दै आएका, आफूलाई प्रकाश तामाङ बताउने व्यक्ति फिदिम–४ का राजकुमार तामाङको घरमा मृत अवस्थामा भेटिएका थिए।
पाँचथर — पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएका पुरुषका आफन्त दुई दिनसम्म सम्पर्कमा आएका छैनन्।
फिदिम–४ को सालघारी र सरखण्डे क्षेत्रमा ज्याला–मजदुरी गर्दै आएका, आफूलाई प्रकाश तामाङ नाम बताउने व्यक्ति फिदिम–४ कै राजकुमार तामाङको घरमा मृत अवस्थामा भेटिएका थिए।
बुधवार साँझ मृत अवस्थामा भेटिएका उनको तस्बिर सामाजिक सञ्जाल र विभिन्न माध्यममा सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कमा आउन आग्रह गरिए पनि दुई दिन बित्दा कुनै पनि आफन्त नआएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताए।
उनका अनुसार मृतक करिब ५५ वर्षका देखिन्छन्। मृत अवस्थामा भेटिएका तामाङको शव घटना स्थलको प्रकृति मुचुल्का गरी पाँचथर अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ। अधिक मदिरा सेवनका कारण उनको निधन भएको हुनसक्ने प्रहरीको भनाइ छ।
