ढोल, झ्याम्टाको तालमा चमर र खैजडी बजाउँदै किराती युवायुवतीदेखि पाकासम्मले मझुवागढीमा साकेला सिली नाँचेका छन् । यले सम्वत् ५०८५ को उधौलीको अवसरमा उनीहरुले बिहीबार साकेला सिली नाँचेका हुन् ।
What you should know
खोटाङ — उकालीको टेक्ने लौरी एहोइ समाउनेमा बांगो एहोइ स्यामुनाकसले देख्छ भोको तिर्खा एहोइ कसले देख्छ नांगो एहोइ स्यामुना ।
ढोल, झ्याम्टाको तालमा चमर र खैजडी बजाउँदै किराती युवायुवतीदेखि पाकासम्मले मझुवागढीमा साकेला सिली नाँचेका छन् । यले सम्वत् ५०८५ को उधौलीको अवसरमा उनीहरुले बिहीबार साकेला सिली नाँचेका हुन् ।
किराती समुदायले उधौली र उभौली गरी वर्षमा दुई चोटी चाड मनाउने गरेका छन् । मंसिरे पूर्णिमाको बेला उधौली र वैशाखे पूर्णिमाको बेला उभौली मनाउने संस्कृति छ । बाली थन्काउने बेला अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्दै प्रकृतिको पूजा गर्ने चलन रहेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । यो बेला जलचर तथा थलचर जीवजन्तु जाडो छल्न उधौली लाग्ने भएकाले उधौली भनिएको किरातको भनाइ छ ।
त्यस्तै वैशाखे पूर्णिमाको बेला वर्षातमा भल पहिरो अर्थात् प्राकृतिक प्रकोप नलागेस्, अन्न–बाली सप्रिओस् लगायतका कामना गर्दै प्रकृतिको पूजाआराधना गर्ने परम्परा रहेको किरातले सुनाएका छन् । वैशाखे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु गर्मी छल्न लेकतिर उभौली लाग्ने भएकाले उभौली भनिएको किरातले जनाएका छन् । उधौली–उभौलीको बेला आफन्तसँग भेटघाट र मान्यजनसँग आशीर्वाद लिने चलन छ । ‘जीवन–जगत (जन्मदेखि मृत्युसम्म)को भोगाइलाई साकेला सिलीमार्फत प्रस्तुत गरिन्छ,’ किरातले भने, ‘प्रकृतिको अनुपम उपहारलाई आत्मसात गर्दै उधौली–उभौलीमा प्रकृतिको पूजा–आराधना गर्दै साकेला सिली नाँच्ने परम्परा छ ।’
साकेला सिली किराती मात्र होइन गैरकिरातले समेत नाँच्ने गरेका छन् । साकेला सबैको साझा र समृद्ध संस्कृतिको रूपमा विकास भइसकेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । ‘साकेला किरातीहरूको मात्र होइन, सबै समुदायको साझा भइसकेको छ, यसले एक आपसमा भाइचाराको विकास गर्ने माध्यम बनेको छ ।’
