झापाबाट इलामतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पाँचथर — मेची राजमार्गको इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेबिड थापा मगर र माईजोगमाई–१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई इलाम जिल्ला अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापश्चात ट्रक चालक, इलाम नगरपालिका–५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
