झुम्का कारागारबाट फरार कैदी घरबाटै पक्राउ

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झापा, शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बरबहादुर मगर भनिने शम्भू मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Prisoner who escaped from Jhumka Prison arrested at home

विराटनगर — झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झापा, शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बरबहादुर मगर भनिने शम्भू मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

जेन-जी आन्दोलनका क्रममा उनी भदौ २४ मा झुम्का कारागारबाट भागेका थिए । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका मगर फरार भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । 

प्रहरीका अनुसार मगरलाई घरमै लुकेर बसिरहेको अवस्थामै पक्राउ गरी आवश्यक प्रक्रियासहित पुनः झुम्का कारागार, सुनसरी पठाइने तयारी भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully