आगलागीको कारण खुलेको छैन ।
ताप्लेजुङ — ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजारमा आगलागी भएको छ । स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन स्थानीयले प्रयास गरिरहेका छन् ।
जोडिएका घरहरु रहेकाले एकपछि अर्को घरमा सर्ने जोखिम रहेको स्थानीय ओमेन्सा राईले जानकारी दिए । गाउँपालिकाको केन्द्र यहाँ दुई दर्जनको हाराहारी घरहरु रहेका छन् । यो पूर्वको व्यापारिक केन्द्रपनि हो ।
गाउँपालिका भवन पनि बजारसँगै रहेकाले जोखिममा रहेको स्थानीयले बताएका छन् । आगलागीको कारण खुलेको छैन ।
