झुम्का कारागारबाट फरार दुई कैदी झापामा पक्राउ

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Two prisoners who escaped from Jhumka Prison arrested in Jhapa

विराटनगर — झुम्का कारागारबाट फरार दुई जना कैदीबन्दीलाई प्रहरीले झापामा पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन्। ‘जेन–जी’ आन्दोलनका क्रममा २०८२ भदौ २४ गते उनीहरू कारागारबाट फरार भएका थिए।

विशेष सूचनाको आधारमा दुवै जनालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा पठाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

कान्तिपुर

Link copied successfully