गोरुले हानेर एक जनाको मृत्यु

६९ वर्षीय पदमवीर राईलाई मंगलबार साँझ आफैंले पालेको गोरुले थलामा बाँध्ने क्रममा हानेको थियो ।

मंसिर १०, २०८२

लक्ष्मी गौतम

One person killed by bull

पाँचथर — गोरुले हान्दा ६९ वर्षीय एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका-१४ सानो भालुखोप निवासी पदमवीर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राईलाई मंगलबार साँझ करिब ५ बजे आफैंले पालेको गोरुले थलामा बाँध्ने क्रममा हानेको थियो । गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राईको शव जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully