इटहरी इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

मंसिर १०, २०८२

रासस

Five arrested on charges of vandalism and arson at Itahari Area Police Office

धरान (सुनसरी) — गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केहीलाई घरबाट नियन्त्रणमा लिइएको होभने केहीलाई सडकबाट पक्राउ गरिएको हो । सोही घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रवक्ता खड्काले बताए ।

रासस

Link copied successfully