खैरो हेरोइन बेच्ने र किन्ने पाँचै जना पक्राउ

पक्राउ परेका पाँचै जनालाई पाँचथर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

मंसिर ९, २०८२

लक्ष्मी गौतम

Five arrested for buying and selling brown heroin

पाँचथर — प्रतिबन्धित लागूऔषध किनबेच गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ सामदिनबाट १० ग्राम ५२ मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय धनराज तुम्बापोसहित ५ जनालाई पक्राउ गरेको हो ।

तुम्बापोले लागू औषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले उनी र खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिशकुमार कर्णले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई पाँचथर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully