सभामुखले प्रदेशसभा भवन, सचिवालयको संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।
विराटनगर — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षण तथा प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न सोमबार विराटनगर आउँदै छन् ।
जेन-जी आन्दोलनका कारण पूर्ण रुपमा ध्वस्त प्रदेश सभा कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्रमा सारिएको छ । संघीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनामा सभामुख घिमिरे सोमबार दिउँसो साढे ३ बजे विमानमार्फत विराटनगर ओर्लिनेछन् ।
सभामुखले सोमबारै कोशी प्रदेश सभा कार्यालयको स्थल निरीक्षण गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।
उक्त भ्रमणका क्रममा सभामुखले प्रदेशसभा भवन, सचिवालयको संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ। उनी मंगलवार बिहान काठमाडौं फर्किनेछन् ।
