भोजपुर कारागारका कैदीबन्दीलार्ई ‘स्मार्ट कार्ड’

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

'Smart cards' for Bhojpur Jail inmates

भोजपुर — भोजपुर जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो । 

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए। 

कान्तिपुर

Link copied successfully