पाथीभरामा हिउँ पर्‍यो

हिउँ र चिसोका बाबजुत करिव तीन हजार तीर्थयात्री लाइनमा बसेर पुजा गरिरहेका क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

मंसिर ६, २०८२

आनन्द गौतम

Snow fell in Pathibhara.

ताप्लेजुङ — ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा शनिबार बिहान हिउँ परेको छ । मन्दिरमा पुगेका पाथीभरा क्षेत्र विकास समितिका सञ्चार अधिकृत सन्तोष पुर्कुटीका अनुसार बिहानदेखि फुरफुर.. हिउँ परेको छ भने चिसो अधिक रहेको छ । ‘अझै हिउँ थपिएला कि, पानी पर्ला कि जस्तो मौसम छ,’ पुर्कुटीले भने ।

हिउँ र चिसोका बावजुत करिव तीन हजार तीर्थयात्री लाइनमा बसेर पुजा गरिरहेका क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । तीर्थयात्रीलाई चोसोबाट असर हुन नदिन र पुजाका लागि सहज बनाउन आफूहरूले बिहानैदेखि समन्वय गरिरहेको महतले बताए ।

महतका अनुसार बिहान हिउँ पर्दा तीर्थयात्रीहरू प्लास्टिक र छाता ओढेर मन्दिर पुगेका थिए । अधिकजसो तीर्थयात्री ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदी, २४ सय मिटर उचाइको काफ्‌लेपाटीमा शुक्रबार बेलुका गएर बस्ने र शनिबार बिहानै मन्दिर पुगेर पुजा गरेर फर्कने गरेका छन् ।

सदरमुकाम फुङलिङबाट जाने तीर्थयात्रीपनि अधिकजसो बिहानै जान्छन् । अन्य बारको तुलनामा शनिबार धेरै तीर्थयात्री हुने गरेको तथ्याङ्क समितिसँग छ । काफ्‌लेपाटीदेखि मन्दिरसम्म ५ किलोमिटर पैदल दूरी रहेको छ । काफ्‌लेपाटी देखि माथिल्लो फेदी अढाइ र त्यहाँबाट मन्दिरसम्म अढाइ किलोमिटर दूरी रहेको छ । माथील्लो फेदीदेखि मन्दीरसम्म हिउँ पर्ने गरेको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully