प्रहरीका अनुसार अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकमै राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
विराटनगर — गत भदौ २४ को प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको तोडफोड, आगजनी तथा प्रहरीको हातहतियार लुटपाट प्रकरणमा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन्।
अभियुक्तहरुको बयानको आधारमा प्रहरीले लुटिएको दुई थान हतियारसमेत गरेको छ।
विशेष सूचनाका आधारमा गत मंसिर २ गते दिउँसो १:३० बजे दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक (लिम्बू) लाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक सोधपुछमा उनले लुटिएका हतियार पाँचथर मिक्लाजुङ–३ आरुबोटे, लामागाउँस्थित एक ओडारमा लुकाइ–छिपाइ राखेको बताएका थिए।
उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी खटिएको प्रहरीले उक्त स्थानबाट लुकाइएका हतियार तथा गोलीगठ्ठा फेला पारेको हो।
सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको मार्क–३ राइफल १ थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिनरहित, बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास १ थान एसएलआरका ३ थान गोली वरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्त फियाकलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकमै राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
