भारतमा प्रतिबन्धित कफ सिरप भित्रन सक्ने भन्दै ताप्लेजुङ प्रशासनले गरायो सचेत

बिक्री, वितरण, भण्डारण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन/प्रहरीलाई तुरुन्त जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

कार्तिक २८, २०८२

आनन्द गौतम

Taplejung administration warns of possible entry of banned cough syrup into India

ताप्लेजुङ — भारतमा प्रतिबन्धित कफ सिरप भित्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिक्री वितरणमा कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले सूचना जारी गर्दै कहीँकतै यसको प्रयोग गरेको पाइए जफत गरिने उल्लेख गरेका छन् । 

विभिन्न प्रकारका कन्टामिनेटेड कफ सिरप प्रयोगबाट बालबालिकाको मृत्यु भएको कारण भारत सरकारले त्यस्ता कफ सिरपमा प्रतिबन्ध लगाइएको छ। त्यस्ता सिरप अवैध रुपमा नेपालमा आयात हुन सक्ने भएकाले बिक्री तथा प्रयोगमा रोक लगाइएको भन्दै कसैले त्यस किसिमका प्रतिबन्धित सिरप बिक्री, वितरण एवम् प्रयोग नगर्ने प्रशासनले सूचित गरेको छ ।

बिक्री, वितरण, भण्डारण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन/प्रहरीलाई तुरुन्त जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

भारतसँगको सीमावर्ती जिल्ला भएकाले सचेत गराइएको र यसमा कडाइ गरिने सेढाइले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully