कुटपिटबाट सुधार केन्द्रमा उपचाररत युवकको मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

धरान-११ मंगलबारेस्थित पुनर्स्थापना केन्द्रमा उपचारत तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको थियो ।

कार्तिक २२, २०८२

अर्जुन सुवेदी

Youth undergoing treatment at correctional center dies after being beaten, 9 people including operator arrested

सुनसरी — सुनसरीको धरानमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि सञ्चालकसहित ९ जना पक्राउ परेका छन् । 

धरान-११ मंगलबारेस्थित पुनर्स्थापना केन्द्रमा उपचारत तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट घाइते भएका राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो । 

प्रहरीले पुनर्स्थापना केन्द्रमा लगाएको सीसी क्यामेरा फुटेज हेर्दा पाता कसेर कम्मरमा कम्ब्याट र डसनाले हातखुट्टा समेत चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएपछि सञ्चालकसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा सुधारगृह सञ्चालक धरान-८ का ३५ वर्षीय मणिराज राई, धरानकै २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्ष निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बु, ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बु, ३५ वर्षीय सचिन राई र मोरङको सुन्दरहरैचा बस्ने वर्ष २७ को विजय चौधरी रहेका छन् । 

गत बिहीबार नियन्त्रणमा लिइएका उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

अर्जुन

Link copied successfully