झापामा सर्पको डसाइबाट एक जनाको मृत्यु

घरभित्र खाद्य भण्डारबाट सामान निकाल्ने क्रममा गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो ।

कार्तिक २२, २०८२

रासस

One person dies from snake bite in Jhapa

दमक (झापा) — सर्पको डसाइबाट गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्माको मृत्यु भएको छ ।

घरभित्र खाद्य भण्डारबाट सामान निकाल्ने क्रममा गएराति ८ः३० बजे उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो । त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गर्मीसँगै वर्षाका समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए ।  केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।

रासस

Link copied successfully