सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट तमोर करिडोर भएर सुनसरी, मोरङसहित विभिन्न जिल्ला पुग्ने सवारी र यात्रु रोकिएका थिए ।
पाँचथर — नावा खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएपछि अवरुद्ध तमोर करिडोर आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको छ ।
तमोर करिडोर आयोजनाले नावा खोला बाढीले बगाएको पहुँच मार्ग मर्मत गरेसँगै यो सडकमा सवारी र ढुवानीका साधन चल्न थालेका हुन् । बाढीले क्षति पुर्याएसँगै यो सडक कात्तिक १३ देखि अवरुद्ध थियो ।
सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट तमोर करिडोर भएर सुनसरी, मोरङसहित विभिन्न जिल्ला पुग्ने सवारी र यात्रु रोकिएका थिए ।
सडकको अवरोध हटेसँगै यो सडकमा रोकिएका सवारी र ढुवानीका साधन आआफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।