चोरीमा संलग्न धरान उपमहानगरपालिका वडा नं. १५ वस्ने २४ वर्षीय सविन लिम्बूलाई स्थानीयले चोरी गर्दै गर्दा पक्राउ गरी बिजुलीको पोलमा बाँधेर राखेका थिए ।
धरान — सुनसरीको धरान उपमानगरपालिका–१५ स्थित कृष्ण चेम्जोङ टोलमा शनिबार बिहान भाँडा–वर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
चोरीमा संलग्न धरान उपमहानगरपालिका वडा नं. १५ वस्ने २४ वर्षीय सविन लिम्बूलाई स्थानीयले चोरी गर्दै गर्दा पक्राउ गरी बिजुलीको पोलमा बाँधेर राखेका थिए । केही समयसम्म पोलमा बाँधेर राखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय धरानमा उनलाई जिम्मा लगाएका छन् ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार उनले स्थानीयका घर–घरबाट भाँडा–वर्तन लगायतका सामग्री चोरेका थिए । चोरी गरेका केही सामग्री बरामद गरेको उनने बताए ।
पक्राउ परेका लिम्बू लागुऔषध सेवनकर्ता रहेको र चोरीका क्रममा उनले लागुऔषध सेवन गरी नशामा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी राईले बताएका छन् । लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी राइले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय धरानले वडा नं. १५ कृष्ण चेम्जोङ टोल विकास संस्थाभित्र सरसामान हराएको भएमा तत्काल जाहेरी दिन आग्रह पनिबअ गरेको छ ।
