जौबारीदेखि फिक्कलतर्फ जाँदै गरेको मे १ ख २५१५ नम्बरको मिनी ट्रक शुक्रबार साँझ दुर्घटना भएको हो । बाढी आएको खोलामा ट्रक दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ ।
पाँचथर — इलामको फिक्कल नयाँ बजार सडक खण्डअन्तर्गत सुर्योदय नगरपालिका-९ मयुँ खोलामा ट्रक दुर्घटना भएको छ ।
जौबारीदेखि फिक्कलतर्फ जाँदै गरेको मे १ ख २५१५ नम्बरको मिनी ट्रक शुक्रबार साँझ दुर्घटना भएको हो । बाढी आएको खोलामा ट्रक दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा २ वटा मोटरसाइकल, तिनका २ चालक र पछाडी सवार १ गरी ३ जना यात्रु थिए ।
बाढी आएको खोलाबाट तर्न नसकेका मोटरसाइकल बोकोको ट्रक खोलामा खसेको बताइएको छ । चालक र यात्रु सकुशल छन् भने मोटरसाइकल चालकमध्ये झापाको अर्जुनधारा-९ का ३४ वर्षीय सौरभ सुवेदी आत्तिएर खोलामा खस्दा सामान्य घाइते भएका छन् ।
