अविरल झरीले जोखिम बढेपछि यातायात समेत बन्द गरिएको छ । बाढी पहिरोको जोखिम भएकाले लामो तथा छोटो दूरीको यातायातका साधन नचलाइएको खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङले बताएका छन् ।
खोटाङ — अविरल वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार विद्यालय बन्द गरेको छ । नगरपालिकाले शुक्रबार बिहान सम्बन्धित विद्यालयहरूलाई सूचना जारी विद्यालय बन्द गर्न निर्देशन गरेको हो ।
वर्षाका कारण विद्यार्थी, शिक्षकलाई जोखिम भएकाले हिउँदे बिदाबाट कट्टा हुने गरी एक दिनका लागि विद्यालय बन्द गर्ने सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी नानीराम आचार्यले बताएका छन् । उनका अनुसार नगरपालिकामा २० मावि, १–८ आधारभूत १३ र १–५ आधारभूत ५३ गरी ८६ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय छन् ।
यातायात पनि बन्द
अविरल झरीले जोखिम बढेपछि यातायात समेत बन्द गरिएको छ । बाढी पहिरोको जोखिम भएकाले लामो तथा छोटो दूरीको यातायातका साधन नचलाइएको खोटाङ यातायात प्रालिका महासचिव राम हिङ्माङले बताएका छन् । ‘बेमौसमी अविरल झरिले जिल्लाका अधिकांश सडकहरू बिग्रिएका छन्, लामो दूरीका सडक पनि जोखिम छ, त्यही भएर यातायात बन्द गरिएको हो,’हिङ्माङले भने ।
