निरन्तर वर्षापछि सुनसरीका अधिकांश स्थानीय तहका विद्यालयमा बिदा

अविरल वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुनसरीको इटहरी, इनरुवा, रामधुनी नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्

कार्तिक १४, २०८२

अर्जुन सुवेदी

Holiday declared in most local level schools in Sunsari after continuous rain

सुनसरी — मोन्था चक्रवातको प्रभावले वर्षा नरोकिएपछि सुनसरीका अधिकांश स्थानीय तहले आजको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मोन्था चक्रवातको प्रभाव अहिले कोशी र मधेश प्रदेशमा केन्द्रित हुँदा बिहीबार साँझदेखि लगातार वर्षा भइरहेको छ ।

अविरल वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुनसरीको इटहरी, इनरुवा, रामधुनी नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

बाँकी केही स्थानीय तहहरूको बैठक जारी रहेकाले उनीहरूको निर्णय आइनसकेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीले जानकारी दिए । उनका अनुसार ती स्थानीय तहहरूले विशेष सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको हुन् ।

रातिदेखिको अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवतजावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा शाखा अधिकृत तीर्थ गौतमले बताए ।

अर्जुन

Link copied successfully