बाढीले डाइभर्सनमा क्षति, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन

शिवसताक्षी नगरपालिकास्थित भालुखोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो ।

कार्तिक १४, २०८२

नवराज सुवेदी

Flood damages diversion, East-West Highway remains one-way

झापा — पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) अन्तर्गत शिवसताक्षी नगरपालिकास्थित भालुखोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको छ ।

अहिले उक्त स्थानमा राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत भालुखोलामा नयाँ पुलका लागि डाइभर्सन बनाइएको छ । निरन्तरको वर्षापछि खोलामा बाढी आउँदा यहाँ पटक-पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

अहिले राजमार्ग अवरुद्ध नै नभए पनि डाइभर्सनमा क्षति पुगेको र राजमार्गलाई एकतर्फी बनाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्ताेष राईले जनाए । झापासहित पूर्वी क्षेत्रमा बिहीबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ भने खोलानालामा पानीको बहाव बढिरहेको छ ।

नवराज

Link copied successfully