धनकुटामा बस पल्टियो, एकजना घाइते

बसको चक्का अनियन्त्रित भई सडकमा पल्टेको प्रहरीले जनाएको छ ।

कार्तिक १४, २०८२

रमेशचन्द्र अधिकारी

Bus overturns in Dhankuta, one injured

काठमाडौँ — धनकुटा नगरपालिका-९ तीनघुम्तीमा दमकबाट खोटाङको दिक्तेल जाँदै गरेको बस शुक्रबार बिहान ८:४५ बजे दुर्घटना भएको छ । 

प्रदेश १-०२-००२ ख ९५१९ नम्बरको बसको चक्का अनियन्त्रित भई सडकमा पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको लेटाङ-३ की ५५ वर्षीया मीना गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य यात्रु सकुशल रहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

बसमा २७ जना यात्रु सवार थिए । घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully